Select Menu

Latest Album

News

Lok Mp3 Song Download now

Latest Image And Posters

Videos

» » कपिल अाचार्य माैसम काे संघर्षका यात्राहरू गित संगित र साहित्य प्रवासि भुमिबाटै चम्किदै ____________________________________________________
«
Next
Newer Post
»
Previous
Older Post

दुख पर्दा साथ दिन्छिन् साथै प्याराे अामाकाे
रूदा सँगै राेई दिन्छिन् जातै प्याराे अामाकाे
दु: खि बनी रूदा म अाँखा भरी अाँसु हुँदा..
हत्तारीदै पाेखि दिन्छिन् हातै प्याराे अामाकाे
       मेरो जन्म सुर्खेत जिल्ला साटाखानि-४ वडिपाटिमा भएको हाे, (२०४८ कात्तिक ९ गत्ते) स्कुल पढाइ सुरू श्री चन्द्र ज्याेति निम्न माध्यमिक विध्यालय चन्द्रपुर बाट सुरूवाति भएको हाे/ कक्षा १ देखि ८ सम्मकाे अध्ययन पूरा गरियाे म प्राय सानै देखि गित संगितमा रुचि राख्ने गर्थे/ स्कुलहरूमा विभिन्न गित संगितका प्रतियोगितामा भाग लिन्थे, अाफ्नाे प्रतिभा राख्न पछि नहट्ने निडर थिय/ सबैको हाैसला माया तालि काे अावाजले नै मेरो मन पर्फुल्ल हुन्थ्यो । म अलि फरक प्रकारको student थिय , कम बाेल्ने अध्ययनमा रुचि धेरै थियो । घररिवारकाे अार्थिक कमजोरी न्यून थियो घरमा म भन्दा अगाडि २ दादाहरू हुनुहुन्थ्यो / दादाहरू पनि अध्ययनमै लागिरहनु भएको थियोे सँगसँगै मेरो पढाइ पनि , बाबा अामाकाे अार्थिक अवस्था कमजाेर काे बाबजुद पनि सङ्घर्ष गर्दै दादाहरूले नि मा वि सकेर मा वि मा पुगिसक्नु भएको थियोे । दाजुभाइ लगभग २-३ कक्षाले तलमाथि थियौ : मेरो पनि नि मा वि अध्ययन श्री चन्द्र ज्याेति नि मा वि चन्द्रपुर सुर्खेत बाट पूरा गरि मा वि अध्ययनका लागि सुर्खेतको धुलियाविट
 श्री शिव माध्यामिक विध्यालय धुलियाविट मा २ सालकाे अध्ययनकाे लागि प्रवेश गराईदिनु भयो बाबा अामाले ! घरको अार्थिक कमजोरीका कारणले गर्दा करिब १ घण्टाकाे पैदलमार्ग हिडेर मा वि अध्ययन गर्नु पर्याे। निकै कष्टकर समयका बाबजुत पनि मावि अध्ययन २ बर्ष पूरा गर्नुपर्ने थियो ; बाबा अामाकाे सपना अनि मेरो सपना पूरा गर्नुपर्छ भनेर दुखपुर्ण यात्रामा मावि अध्ययन पूरा गर्दा कयौंपटक भाेकभाेकै , कहिलेकाहीँ अामाकाे अाँसु पाेछ्दै मा वि अध्ययन पूरा गरियो / मा वि अध्ययन पूरा गर्दा test परीक्षा दिनुपर्थ्याे तेतिबेला बाबाअामाले जेनतेन गरेर हाेस्टेल पठाउनु भयो SLC अाउदै थियोे । घरको अार्थिक कमजोर सँगसँगै पनि मलाई हाेस्टेल पठाउनु भयो । हाेस्टेलमा केही पल हाँसाेका साथ केही पल अाँसुका साथ बिताउनुपर्याे । मावि अध्ययनमा SLC पनि राम्रो नतिजाका साथ सफल भए । मनमा धेरै खुलदुलि थियो म पास भए भने झन बाबा अामालाई टेन्सन हाेला , घरको अार्थिक कमजोरी छ, कृषिबाट अाएकाे कमाई मेरो पढाईमा लगाएपछि घरको अवस्था के हाेला खुलदुलिले सताउथ्याे दिनहु/ कहिलेकाहीँ एक्लै रून्थे सम्झन्थे घरको अवस्था साेच्थे अब पढाइ यतिकै बन्द गर्छु । विभिन्न समस्याका बाबजुद पनि फेरि बाबा अामाले कलेज मा भर्ना गराइदिनु भयो / कलेजकाे अध्ययन श्री जन उच्च मा वि बिरेन्द्रनगर सुर्खेत बाट सुरूवात भयो । कलेजकाे समय पनि अध्ययन ,खेलकुद , गित संगितमा बित्याे । कलेजमा सबैको विश्वासको पात्र थिय हरेक कक्षामा पढाइ सँगसँगै सर अनुउपस्थितमा विभिन्न संगितका कार्यक्रम गराउन रूचाउथे। सबैलाई समायोजन गरेर कक्षामा अगाडि बढ्थ्थे । कलेलका समयमा पढाइलाई धेरै जाेड दिन्थे किनकि कलेज पढ्न १ घण्टाकाे पैदलमार्ग अनि साईकलकाे यात्रा ४० मिनेट अनि अध्ययन सुरू हुन्थ्यो । तेतिकैमा पढाई सिलसिला पनि अाेझेल पर्दै गयाे, अार्थिक कमजोरीकाे कारणले अनि केही समय भाैतारिदै हिडियाे जागिरको सिलसिला ! जागिर खान पैसावाला हुनुपर्दाे रहेछ / म सँग घुस खुवाउने पैसा थियन । बाबाअामा सँग पैसा थियन । जागिर सिलसिला पनि बन्द गरि प्रवास तिर लागियाे । मनभरि पढ्ने , गित संगित साहित्य मा केही गर्ने मन हुदाहुदै पनि तुहियाे, सपना अनगिन्ती अार्थिक कमजोरीको कारणले केही गर्न नसकिदाे रहेछ अनि  केही पल :- प्रवासि भुमि दाेहा कतारमा बित्याे। साहित्य संगित डायरिका पानामा सिमित थिय । केही मन भुलाउन फेसबुकतिर हाल्ने गर्थे । अनि नेपाल फर्किय हजारौं सपनाहरू सजाउन तर विडम्बना नेपालकाे परिस्थिति साेचे भन्दा नाजुक थियोे । नेपालीको बसाइँ पनि छाेटियाे सँगसँगै पुन अर्काे प्रवासि भुमि मलेसियामा बिताउदै छु / विभिन्न समस्याका बाबजुद पनि साहित्य , संगितमा केही गर्नुपर्याे भनेर लागिरहेको छु । प्रवासि भुमिमा १२घण्टा जागिर पछि बचेको समयलाइ गित संगित र साहित्यका क्षेत्रमा कलम चलाउदै अाएकाे छु - मलेसियाको बसाइमा पहिलो लाेक दाेहाेरी एल्बम : चाेखाे मायामा घात, अाधुनिक गित- अाँसु , भरखरै अाएकाे अाधुनिक: हत्या  जस्ता गितहरू पस्किसकेकाे छु। धेरैको साथ सहयोग पाएको छु। सर्वप्रथम त साथ र हाैसलाकाे लागि - अनलाइन ग्रुप :संगित चाैतारी परिवारलाई हृदयदेखि धन्यवाद का शब्द गुच्छा अर्पण गर्दछु। साथै सम्पूर्ण साथीहरू धन्यवाद दिन चाहान्छु। गित संगित साहित्य मेरो मुटु हाे। यी बिना मेराे जिवन साेच्न पनि सक्दिन। सँगसँगै एउटा कुशल पत्रकार बनेर देशकाे सेवा गर्ने सानैदेखिकाे इच्छा ,, विभिन्न समस्या का बाबजुद पनि लागिरहेको छु , अागामि दिनहरूकाे स्वर्णिम पलहरूमा पुग्न लागिपरेको छु/सम्पूर्णकाे साथ माया हाैसला  यसरी नै पाउ कामना गर्दछु  ।
           गित संगित साहित्य मेराे जीवन हाे
           सङ्घर्ष गाउँघरकाे मेरो बालापन हाे
          देश सेवामा समर्पित गर्नेछु याे रगत...
          गाैतम बुद्ध शान्तिकाे भुमि मेराे मन हाे

                                             ---जय गित जय संगित

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments